२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नवलपरासीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

नवलपरासीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

1.7K
Shares
File Photo

काठमाडौं – नवलपरासी (सुस्ता पूर्व)को बुर्लिङटार गाउँपालिकामा पहिरोले पुरिएर २ जनाको ज्यान गएको छ । गएराति आएको पहिरोमा पुरिएर बुर्लिङटार–२ का शेरबहादुर नेपाली र खिनीमाया नेपालीको मृत्यु भएको नवलपरासी (सुस्ता पुर्व)का एसपी दिपक रेग्मीले जानकारी दिए ।

मृतक दम्पती बस्ने घर पहिरोले पुरेको छ । सुतिरहेको बेला आएको पहिरोले पुर्दा उनीहरुको मृत्यु भएको र विहान दम्पती शव निकालिएको एसपी रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij