२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकले हेल्प नेपाल नेटवर्कलाई दियो ५ लाख

सिद्धार्थ बैंकले हेल्प नेपाल नेटवर्कलाई दियो ५ लाख

1.1K
Shares

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि हेल्प नेपाल नेटवर्कलाई पाँच लाख दिएको छ। सो रकम बैंकका हेड अफ सर्कल अफिस लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका कार्यक्रम संयोजक दिक्षा सिंहलाई हस्तान्तरण गरे।

बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षती भएको दोलखाको भिमेश्वर स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण कार्यको लागि उपयोग गर्ने बताएको छ।

नेपालको दुर्गम क्षेत्रको बालबालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा टेवा पुर्याउने उद्देश्य रहेको गैर सरकारी संस्था, हेल्प नेपाल नेटवर्कलाई पुर्याएको यस सहयोगबाट बैंकले शिक्षाको क्षेत्रमा सहयोग पुग्ने विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij