२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभुु र समृद्धि क्यापिटल एकआपसमा गाभिए

प्रभुु र समृद्धि क्यापिटल एकआपसमा गाभिए

1.2K
Shares

काठमाडौं –प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटड एक आपसमा गाभिई आजबाट प्रभु क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबारको शुभारम्भ भएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दैै कार्यक्रमका प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले दुवै कम्पनी मर्ज भई एकिकृत कारोबार गरेको उपलक्ष्यमा बधाई तथा शुभकामना ज्ञापन गर्दै नेपाली पुँजी बजारमा मर्जर पछिको प्रभु क्यापिटलले गुणस्तरीय सेवा प्रदान गरी पुँजीबजारमा महत्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास लिएको बताए ।
आफ्नो क्षमता र योग्यता देखाउन सक्ने संस्था मात्र बजारमा रहन सक्ने वास्तविकता औल्याउँदै प्रभु क्यापिटलले पक्कै पनि पुँजी बजारमा आफ्नो दरिलो स्थान बनाउने विश्वास लिएको बताए । उनले नेपालमा सेक्युरिटाइजेसनको अवधारणा नभएको हुँदा धितोपत्र बोर्डले यसतर्फ समेत ध्यान दिइरहेको बताउनुका साथै विशिष्टिकृत योजनामा विदेशी लगानी समेत भित्र्याउन सकिने व्यवस्था गरेको कुरा बताउँदै क्यापिटलहरु अझ बढि श्रृजनशील हुनुपर्ने बताए ।

कार्यक्रममा तत्कालिन समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एलपी भानु शर्माले पुँजी बजार व्यक्ति मात्रै नभई समाज नैं बन्ने मेलो भएको कुरालाई जोड दिदै ठूला ठूला संस्थाहरु नबनिकन देश बन्दैन भन्दै नेपाल धितोपत्र बोर्डले नियामकीय दायरा फराकिलो बनाईदिन आग्रह गरे ।

विशेष अतिथि तथा प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले कोभिड १९ को महामारीको कारण भएको आर्थिक मन्दिको वातावरणमा धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका भिष्मराज ढुंगानाको कार्यकालमा नेपाली पुँजी बजारले विषम परिस्थिति भोगेको भएता पनि स्थाई सरकार भएको हुँदा आउने दिनमा थप परिस्कृत भई नयाँ उचाई छुनेछ भन्ने विश्वास लिएको बताए । उनले देशको राजनीतिक अवस्थाले आर्थिक क्षेत्रमा प्रभाव पर्ने बताउँदै आर्थिक क्षेत्रको विकासका लागि स्थीर सरकार र आर्थिक क्षेत्र प्रति सकारात्मक र बलियो धारणा राख्ने सरकार हुनुपर्ने बताए ।

कार्यक्रमको अध्यक्ष तथा मर्जर कमिटिका संयोजक तत्कालिन प्रभु क्यापिटलका अध्यक्ष विनोद थकालीले प्रभु ब्राण्ड नेपालभित्र मात्रै नभएर संसारभर फैलिइरहेको अवस्थामा इतिहास रच्दै अघि बढ्दै प्रभु क्यापिटल भन्ने नाराका साथ प्रभु क्यापिटल लिमिटेड अगाडि बढेको बताए ।

उनले मर्जर पश्चात क्यापिटलको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी रु.८१.७१ करोड भई ठूलो आकारको पुँजी सहित एक सवल संस्थाको रुपमा प्रतिष्पर्धी सेवा प्रदान गर्दै पुँजी वजारको विकासलाई टेवा पुयाउने उद्देश्य सहित मर्जर गरिएको बताउँदै मर्जरको उद्देश्य प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij