२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य तोलाको ९२ हजार ३ सय रुपैयाँ पुग्यो

सुनको मूल्य तोलाको ९२ हजार ३ सय रुपैयाँ पुग्यो

1.3K
Shares

काठमाडौं– सोमबार सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा २ सयले बढी हो। तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ भइरहेको छ। आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij