२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

म्याग्दीमा पहिरोमा परि ३२ जना बेपत्ता

म्याग्दीमा पहिरोमा परि ३२ जना बेपत्ता

1.3K
Shares
File Photo

पाेखरा – म्याग्दीका विभिन्न ठाउँमा पहिराेमा परेर ३२ जना बेपत्ता भएका छन् । धाैलागिरि, मालिका र मंगला गाउँपालिमा खसेकाे पहिराेमा ३२ जना हराइरहेकाे म्याग्दी प्रहरीले जानकारी दिएकाे छ ।
धाैलागिरीकाे मराङमा मात्र २२ जना पहिराेमा हराइरहेकाे म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिए ।
‘धाैलागिरिकै ताकममा २ जनाकाे ज्यान गइसकेकाे खबर आएकाे छ,त्यहाँका जनप्रतिनिधिबाट । मालिका गाउँपालिकामा पनि ८ जना हराइरहेकाे खबर आएकाे छ,’ डिएसपी कुँवरले भने, ‘मंगला गाउँपालिकामा समेत गरी ३२ जना हराइरहेकाे खबर आएकाे छ ।’

ठाउँ-ठाउँमा पहिराे खसेर बाटाे छेकेका कारण उद्दारमा जानसमेत अबराेध भएकाे उनले जानकारी दिए । उनकाअनुसार दरबाङ र सिमचाैर भन्ने ठाउँमा एउटा टाेली राेकिएकाे छ । बागलुङबाट बिपत् ब्यवस्थापन टाेली, सशत्र, सेना, प्रहरी र जनप्रतिनिधि उद्दारमा गइरहेका छन् तर पहिराे छिचाेल्न समस्या परेकाे छ ।

गाडी जान सक्ने अवस्था छैन । पहिराेकाे बीचमा फसेका अरू सिंगा ताताेपानीबाट २ जनालाई उद्दार गरिएकाे उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij