काठमाडौं– बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ ले एक घर एक कागतिको बिरुवा वितरण गरेको छ । वडावासीलाई अरु पनि फलफुलको विरुवा रोप्न उत्प्रेरित गर्ने उद्देश्यले कागतीको विरुवा वितरण गरिएको वडा अध्यक्ष नविन केसीले जानकारी दिए । स्वास्थ्यका लागि पनि बोटविरुवा आवश्यक भएकोले वडालाई हरियाली बनाउने अभियानका वडा रहेको केसीले स्पष्ट पारे ।

जनप्रतिनिधि तथा स्थानिय संघसंस्थाका प्रतिनिधिहरुले ९०० घरलाई कागतीको विरुवा वितरण गरेको वडा कार्यालयले जनाएको छ । वितरण कार्यक्रममा च्यासुण्डोल युवा क्लबका पदाधिकारीको पनि सक्रिय सहभागिता रहेको थियो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij