२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साउन ७ गतेसम्म हवाई उडान र सीमा नाका बन्द गर्ने सरकारको निर्णय

साउन ७ गतेसम्म हवाई उडान र सीमा नाका बन्द गर्ने सरकारको निर्णय

1.2K
Shares

काठमाडौं – सरकारले आगामी साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने र अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले असार १५ सम्मका लागि जारी गरिएको सो प्रावधान साउन ७ गतेसम्मका लागि बढाएको हो ।

अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले भारतसँगको सीमा बन्द गरिएपनि खाद्यबस्तु तथा मालवाहक ढुवानीलाई भने सहज गरिने जानकारी गराएका छन् । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत बन्द गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij