२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एफवान सफ्ट ग्रुपको सिओओमा शिशिर पछाई नियुक्त

एफवान सफ्ट ग्रुपको सिओओमा शिशिर पछाई नियुक्त

1.4K
Shares

काठमाडौं – नेपालको आइटी उद्योगमा पायोनियर मानिएको एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृत (सिओओ)मा शिशिर पछाई नियुक्त भएका छन्।

पछाइलाई बुधबार एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले औपचारिक रुपमा स्वागत गरे। कान्तिपुर मिडिया ग्रुपको १७ वर्षदेखि अपरेशनमा आफ्नो निरन्तर योगदान दिँदै आएका पछाई एफवान सफ्ट ग्रुपमा आबद्ध भएसँगै ग्रुपका कम्पनीहरुको अपरेशन हेर्नेछन्।

सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ।

एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी बनेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij