काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
यसै क्रममा बैंकले दोलखा जिल्लाको मागादेउराली,–०३ बाघखोरमा यहि असार ३ गतेबाट १०४ ओैँ शाखारहित बैंकिङ्ग सेवा सुरुआत गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी गोविन्द श्रेष्ठ लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ ।
यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य बैंकले राखेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij