ठमाडौं– नेपाल पत्रकार महासंघले असार १९ गते काठमाडौंको बबरमहलमा श्रमजीवि पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापीत गर्न वृहत प्रर्दशन गर्ने भएको छ ।
महासंघको काठमाडौंमा उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैंठक असार १५ गते अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको महासचिव रमे विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
मिति : २०७७/०३/१५
प्रेस विज्ञप्ती
नेपाल पत्रकार महासंघको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैंठक २०७७ असार १५ गते महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न भयो ।
बैंठकमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना (कोभिड–१९) को संक्रमणले सञ्चारक्षेत्रमा परेको असर र श्रमजीवि पत्रकारको पेशागत सुरक्षाको विषयमा गम्भीर छलफल तथा समिक्षा भयो । विशेषगरी लकडाउनको अवधिमा श्रमजीवि पत्रकारलाई निश्कासन गर्ने, वेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौति गर्ने, काम गर्ने वातावरण नदिने, जिम्मेवारी विहिन गराउने जस्ता जटिल समस्या देखिएको छ ।
यसै परिप्रेक्षमा महासंघले श्रमजीवि पत्रकारको हक अधिकार संरक्षणका लागि सशक्त आन्दोलनमा उत्रने निर्णय यसअघि नै लिइसकेको छ । आन्दोलनका लागि महासंघले यसअघि सञ्चारगृहहरुमा समयसिमा सहित बुझाएको अल्टिमेटमको समिक्षा समेतका आधारमा आगामी असार १९ गते काठमाडौंको बबरमहलमा श्रमजीवि पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापीत गर्न वृहत प्रर्दशन गर्ने निर्णय भएको छ ।
साथै, समस्या देखिएका सञ्चारगृहमा आगामी असार २० गतेदेखि आकस्मिक रुपमा धर्ना, घेराउ र कालो व्यानर राख्ने लगायतका विरोध कार्यक्रमका कार्यतालिका तय गरिएको छ । यस्तै श्रमजीवि पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल सरकार, संसद, पेशागत संघसंगठन, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे), अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) लगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायलाई ऐक्यवद्धताका लागि आग्रह गर्ने निर्णय समेत भएको छ ।
रमेश विष्ट
महासचिव
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij