२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुस्मिता हत्या प्रकरण : परिवार नै मिलेर हत्या

सुस्मिता हत्या प्रकरण : परिवार नै मिलेर हत्या

2.2K
Shares

हेटौंडा – गत असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापा हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका ४ जनालाई आज सार्वजनिक गरेको छ । प्रहरीले मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा, नन्दहरू २७ वर्षीया दुर्गा र २३ वर्षीया नन्द सीता थापालाई सार्वजनिक गरेको हो ।
६ महिना अघि दुर्घटनामा मारिएका सुस्मिताका पति रुपेन्द्र कार्यरत संस्थाबाट तलब, भत्ता तथा बीमासमेत गरी प्राप्त हुने रु ३८ लाख २८ हजार तथा पतिको दुर्घटनापछि क्षतिपूर्तिवापत सुस्मिताले प्राप्त गरेको रु पाँचलाखको विवाद, ससुराले गरेको बलात्कार प्रयासको घटना बाहिरिने डर लगायतले उनको हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सुस्मितालाई ससुराले काठको लौरो र नन्द सीताले लोहोराले हानेर हत्या गरेको प्रहरीले दावी गरेको छ । पक्राउ परेकी सासू र घटनाको समयमा काठमाडौँमा भएकी जेठी नन्दको पनि हत्यामा संलग्नता रहेको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij