२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

थप २७९ जनामा कोरोना संक्रमण

थप २७९ जनामा कोरोना संक्रमण

940
Shares

काठमाडौं- बुधबार देशभर २७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो ।

थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै संक्रमितको कूल संख्या ४ हजार ३६४ पुगेको उनले जानकारी दिए ।

मन्त्रालयले हालसम्म कोरानो निको भएर ६७४ जना घर फर्किएको जानकारी दिएको छ । जसमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन् । यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij