२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुर्घटनामा प्रशासकीय अधिकृतसहित २ कर्मचारीको मृत्यु

दुर्घटनामा प्रशासकीय अधिकृतसहित २ कर्मचारीको मृत्यु

1.3K
Shares

बुटवल – सोमबार दिउँसो दाङमा बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार रोल्पाको गंगादेव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृतसहित २ कर्मचारीको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत दाङको गढवा गाउँपालिका ५ को जुरेनी भन्ने स्थानमा काठमाडौंबाट दाङ आउँदै गरेको बा ६ ख ३९६७ नम्वरको बसले विपरित दिशाबाट जाँदै गरेको रा १ब ८१८ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा रोल्पाको गंगादेव गाउँपालिकाका २ जना कर्मचारीहरुको ज्यान गएको हो ।

मृत्यु हुनेमा गंगादेव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अन्दाजी २७ वर्षीय गणेश पुनमगर र त्यसै गाउँपालिकाका कम्युटर अपरेटर २४ वर्षीय रमेश वली रहेका छन् । निमित्त प्रशासक पुनमगरको घटना स्थलमै र कम्युटर अपरेटर वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

उनीहरुको शव सोही अस्पतालमा राखिएको छ । मृतक पुनको घर रुकुमको त्रिवेणी गाउँपालिका ५, खारा र वली घर गंगादेव गाउँपालिका ४ भई हाल दाङमा बस्दै आएका थिए । मोटरसाईकललाई ठक्कर दिई बस पल्टिँदा बसका तीन यात्रु घाईते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij