काठमाडौं – सरकारले चैत ९ देखि १८ सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने घोषणा गरेको छ। यो निर्णयसँगै नेपालको एकमात्र अन्तर्राष्ट्रिय हवाई सम्पर्क बिच्छेद भएको छ।
कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि भन्दै सरकारले चैत १० देखि २१ गतेसम्म देशभित्रका लामो दुरीका सवारीसधान चलाउन पनि नदिने घोषणा गरेको छ।
तर सरकारको यो निर्णय आन्तरिक हवाई उडानमा भने लागू नहुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेका लागि आन्तरिक उडान बन्द गर्ने कुनै पनि निर्णय नगरिएको प्रष्ट पारेको छ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आन्तरिक उडानका बारेमा कुनै पनि निर्णय नगरिएको जानकारी दिए। ‘हामीले आन्तरिक उडानका बारेमा कुनै निर्णय गरेका छैनौँ। अन्तर्राष्ट्रियका हकमा निर्णय भएको छ। आजका मितिसम्म आन्तरिक उडान सामान्य रुपमै चल्ने छन्’ उनले भने।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij