२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भरतपुरमा बन्यो ७२ घण्टामै ७० बेडको ‘भरतपुर कोरोना विशेष अस्पताल’

भरतपुरमा बन्यो ७२ घण्टामै ७० बेडको ‘भरतपुर कोरोना विशेष अस्पताल’

1.6K
Shares

चितवन– चितवनको भरतपुरमा ‘भरतपुर कोरोना विशेष अस्पताल’ ७२ घण्टामै अस्पताल बनेको छ । कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि भरतपुरमा ७२ घण्टामा ७० शैयाको अस्थाई अस्पताल निर्माण सम्पन्न गरिएको हो ।
चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा अस्पताल बनाएको हो ।

अस्पतालमा आइसीयू, एचडीयू र जनरल वार्डसहित ७० शैयाको अस्पताल बनाइएको हो । आइसीयू र एचडीयू बेड तयार गर्न केही दिन लाग्ने भएपनि अन्य बेड बिहीबार नै तयार पारिएको छ ।


उक्त अस्पताल शुक्रबारबाट विरामी भर्ना गर्न मिल्ने तयार पारिएको हो ।  संक्रमित भइहाले अन्य मानिसमा नपुगोस् भनेर सतर्कता अपनाउन अस्थाई अस्पताल बनाउन लागिएको संघले जनाएको छ । कोरोनाको शंका लागेका विरामीलाई मात्र त्यहाँ राखिनेछ ।

 

भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले महानगरको उद्देश्य अनुसार निर्धारित समयमै अस्पताल निर्माण सम्पन्न गरिएको जानकारी दिइन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा मेयर दाहालले ५० वेड तयार भैसकेको भन्दै वाँकी आइसियु लगायतका बेड २,३ दिनभित्र तयार हुने जानकारी दिइन् । उनले उक्त अस्पतालमा भरतपुर महानगरपालिकाबाहेक देशभरका विरामीलाई सेवा प्रवाह गर्न सक्ने भन्दै अस्पताल निर्माणमा सहयोग गर्ने स्थानीय जनता, स्थानीय प्रशासन, सुरक्षाकर्मी र व्यवसायीहरुलाई धन्यवाद व्यक्त गरिन् ।

महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको अस्पतालमा आठ वटा भ्यान्टिलेटरका लागि प्रदेश सरकार र संघीय सरकारसँग कुराकानी भैरहेको मेयर दाहालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij