२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोरोनाका कारण स्पेनका फुटबल प्रशिक्षकको २१ वर्षमा मृत्यु

कोरोनाका कारण स्पेनका फुटबल प्रशिक्षकको २१ वर्षमा मृत्यु

555
Shares

स्पेन- स्पेनका फुटबल प्रशिक्षक फ्रान्सिस्को ग्रासियाको २१ वर्षको उमेरमा कोरोनाका कारण मृत्यु भएको छ । ग्रासियाले मालागामा अवस्थित एट्लेटिको पोर्टाडा अल्टाको युथ टिमको म्यानेजरको रुपमा सन् २०१६ देखि काम गर्दै आएका थिए ।

उनलाई गत हप्ता कोभिड–१९ को संक्रमण देखिएपछि उपचारका लागि मालागाको क्षेत्रीय अस्पताल पर्‍याइएको थियो । अस्पतालमा भर्ना भएपछि ग्रासियालाई ल्युकेमिया (रक्त क्यान्सर) समेत भएको पत्ता लाग्यो । रक्त क्यान्सरबाट ग्रसित उनलाई कोरोना भाइरसले थप गालेको थियो जसका कारण अन्ततः उनको ज्यान नै गयो ।

कोरोना भाइरसका कारण मृत्यु हुनेमा उनी पहिलो युवा भएको अनुमान गरिएको छ । एट्लेटिको पोर्टाडा अल्टाले ग्रासियको मृत्युमा एक आधिकारिक वक्तव्य सोसल मिडियामार्फत् सार्वजनिक गरेको छ, जसमा भनिएको छ, ‘हाम्रो कोच फ्रान्सिस्को ग्रासियाको परिवार, साथीभाइ तथा आफन्तमा गहिरो समवेदना प्रकट गर्छौं । उहाँले दुर्भाग्यवश हामीलाई आज छोडेर जानुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij