२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पूर्वमिस नेपाल उषा खड्गीले गरिन् ‘डिभोर्स’

पूर्वमिस नेपाल उषा खड्गीले गरिन् ‘डिभोर्स’

3K
Shares

काठमाडौं– पूर्वमिस नेपाल उषा खड्गीले आफ्नो १७ वर्ष लामो वैवाहिक जीवन टुङ्ग्याएकी छन्। उनले जिपी तिमल्सिनासँगको १७ वर्ष लामो वैवाहिक जीवन समापन गरेको सार्वजनिक गरेकी हुन्।
उनले सो फेसबुक पोस्टमा लेखेकी छन् – ‘विवाह गरेको १७ वर्षपछि पनि मैले शारिरिक र मानसिक दुर्व्यवहार भोग्नुपर्छ भने त्यसलाई निरन्तरता दिनुको कुनै आधार छैन ।’
पोस्टमा उनले सो क्रियाकलापलाई ‘नाईं’ भन्ने निर्णय गरेको भन्दै सहयोग र साथ दिने सबैलाई धन्यवाद भनेकी छन्। शनिबार गरिएको पोस्टमा उनले आफू र आफ्ना सन्तानको अधिकारका लागि लड्ने पनि लेखेकी छन्। उनी मिस नेपाल(२००० को ताज विजेता हुन्। उनको जिपी तिमल्सिनासँग प्रेम विवाह भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij