काठमाडौं– डिस होमले नयाँ च्यानल ‘के वल्ड’ ल्याउने भएको छ। डिस होमले के पप, माइ लिटिल बेबी, रिचम्यान, मेल्टिङ हर्ट लगायत चर्चित कोरियन गीत तथा सिरिज उक्त च्यानलमार्फत प्रस्तुत गर्ने भएको हो।
डिशहोमको च्यानल नं. ११३ मा यो सिरिज प्रशारण हुनेछ। यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकका लागी उपलव्ध गराइएको छ।
डिशहोमले संचालन गर्ने यो च्यानलले नेपाली दर्शकलाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij