२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आर्सनलका कोच अर्टेटालाई कोरोना

आर्सनलका कोच अर्टेटालाई कोरोना

1.1K
Shares

विश्वभर फैलिरहेको कोरोना भाइरसबाट विश्व खेलकुद नै संक्रमित बनिरहेको बेला आर्सनलका प्रशिक्षक मिकेल अर्टेलालाई पनि कोरोनाको संक्रमण देखिएको छ । अर्टेटाको परीक्षणका क्रममा कोरोना पोजिटेभ देखिएको हो ।

यससँगै आर्सनल र ब्राइटनबीच शनिबार तय भएको प्रिमियर लिग खेल स्थगित गरिएको छ । आर्सनलले आफ्नो ट्रेनिङ ग्राउण्ड बन्द गरेको र अर्टेलासँग भेग गरेकाहरूलाई सेल्फ आइसोलेटमा बस्न भनिएको जनाएको छ ।

यस्तै, प्रिमियर लिगले शुक्रबारै आकस्मिक बैठक राखेर खेल तालिकाबारे छलफल गर्ने जनाएको छ । ३७ वर्षीय अर्टेलाले कोरोना पोजिटिभले निराश बनाएको बताएका छन् । उनले आफू कमजोर भएपछि परीक्षण गरेको बताएका छन् ।

आर्सनलले अब क्लबका धेरै सदस्यहरू आइसोलेटमा बस्नुपर्ने अपेक्षा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij