२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

क्यानडाका प्रधानमन्त्री श्रीमतीसहित क्वारेन्टाइनमा

क्यानडाका प्रधानमन्त्री श्रीमतीसहित क्वारेन्टाइनमा

1.5K
Shares

क्यानडा – क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले श्रीमतीमा ‘फ्लू’ जस्तो लक्षण देखिएपछि आफूलाई घरभित्र क्वारेन्टनाइनमा राखेका छन् ।
ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकीलगायत बुधबार राती सामान्य ज्वरो पनि आएको थियो ।

उनीमाथि कोभिड–१९ को परीक्षण गरिएको र रिपोर्ट आइनसकेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । ‘सावधानीस्वरुप प्रधानमन्त्रीले आफूलाई सेल्फ आइसोलेशनमा राखेका छन् र सोफीको रिपोर्ट आइनपुग्दासम्म घरबाटै काम गर्ने निर्णयमा पुगेका छन्,’ प्रधानमन्त्री कार्यालयले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij