२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन लाइफ इन्स्योरेन्सले दियो कर्मचारीलाई सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम

सिटिजन लाइफ इन्स्योरेन्सले दियो कर्मचारीलाई सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम

1.8K
Shares

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीति सम्बन्धी तालिम सम्पन्न गरेको छ ।

सो तालिम कम्पनीको प्रधान कार्यालयका सम्पूर्ण कर्मचारीहरुसहित काठमाडौं उपत्यकाका सबै शाखा प्रमुख लगायत सम्पूर्ण कर्मचारीहरुको सहभागितामा सम्पन्न भयो ।

उक्त तालिममा कम्पनीका अनुपालन अधिकृत दिपक कुंवरले गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बिमा क्षेत्रको माध्यमले सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिएका थिए ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत दशरथ मनी खड्का, सहायक महाप्रबन्दक दिप बहादुर बिसी, प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयालको उपस्थितीमा भएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij