२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राप्रपाका तीनै अध्यक्षले गरे पदभार ग्रहण

राप्रपाका तीनै अध्यक्षले गरे पदभार ग्रहण

1.4K
Shares

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनै जना अध्यक्षले पदभार ग्रहण गरेका छन् । राप्रपाको पार्टी कार्यालय चाबहिलमा अध्यक्षत्रयले पदभार गरेका हुन् । पदभार ग्रहणपछि अध्यक्ष कमल थापाले राप्रपालाई काँग्रेस र कम्युनिष्ट सरह देशको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यका पार्टी एक भएको बताए ।

पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले देशप्रतिको राष्ट्रहितको जिम्मेवारी महसुस गर्दै पार्टी एकता गरिएको बताए । राम्रो मान्छेलाई प्रोत्साहन गर्दै पार्टीलाई बलियो बनाउने गरी कमिटि गठन गर्नुपर्नेमा उनको जोड छ ।

अर्का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले जनतालाई धोखा दिएपनि प्रतिपक्षी दलले त्यसको खवरदारी गर्न नसकेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij