२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गणित विषयको विवाद भएपछि अध्ययन कार्यदल गठन

गणित विषयको विवाद भएपछि अध्ययन कार्यदल गठन

1.4K
Shares

काठमाडौं –पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ को साधारण शिक्षातर्फ कक्षा ११ र १२ को विज्ञान विषयमा गणित विषय अनिवार्य हुनुपर्ने माग बढेपछि सो बारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

केन्द्रले विषयगत संरचनामा भौतिक विज्ञान, प्राणी विज्ञान र रसायन विषय अध्ययन गर्ने विद्यार्थीका लागि कम्प्युटर विज्ञान तथा गणित विषय अतिरिक्त ऐच्छिकका रुपमा अध्ययन गर्नुपर्ने भएकाले समावेश गर्ने सम्भावनाबारे अध्ययन गरी सुझाव दिन इञ्जिनीयरिङ क्याम्पस पुल्चोकका संयोजक प्रा डा सुवर्ण शाक्यको संजोजकत्वमा कार्यदल गठन गरेको केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए।

कार्यदलमा सानोठिमी क्याम्पसका रमाकान्त पाण्डे, प्रकाश खतिवडा, केन्द्रका गणित निर्देशक प्रमिला बखती, केन्द्रका अधिकृत खिलानाथ धमला छन् । कार्यदलले सातभित्र सुझाव प्रतिवेदन दिएपछि पाठ्यक्रम विकास परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमक्ष पेश गरिने भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij