२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाल्पामा भ्यान दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

पाल्पामा भ्यान दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

700
Shares

बुटवल – पाल्पाको तानसेनमा आज भ्यान दुर्घटनमा हुदाँ चालकसहित ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार तानसेनबाट दर्लमडाँडातर्फ जाँदै गरेको लु १ ज २५३९ नम्बरको भ्यान बगनासकाली गाउँपालिका–९, चापपानीको ठकुरीबारी मोडमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।

भ्यान दुर्घटना तानसेनका पवन राना, निर्मला खराल, शिव खराल, नवलपरासी बर्दघाटका सरस्वती चापागाईं, रुपन्देही नहरपुरकी मिना भट्टराई र बिना बस्यालको मिसन अस्पतालमा उपचार भइरहेको छ । भ्यान अनियन्त्रित भई बाटोमै पल्टिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij