२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल प्रहरीका पाँच डीएसपीको सरुवा

नेपाल प्रहरीका पाँच डीएसपीको सरुवा

860
Shares

काठमाडौं – प्रहरी प्रधान कार्यालय नक्सालले ५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरूवा गरेको छ ।
प्रधान कार्यालयले गरेको सरुवा अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी नवीन कार्कीलाई महानगरीय प्रहरी वृत्त बौद्ध सरूवा गरिएको छ । यस्तै काठमाडौंको बौद्ध वृत्तका डीएसपी रमेशबहादुर सिंहलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।
त्यसैगरी डीएसपी मदन कुँवरलाई जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ । त्यस्तै डीएसपी भरत श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रौतहट र डीएसपी प्रतिक सिंह राठौरलाई सर्लाहीबाट प्रहरी प्रधान कार्यालय काज सरूवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij