काठमाडौ – तोलामा दुई सय रुपैयाँले बढेर सुनको मूल्यमा मंगलबार पुनः नयाँ कीर्तिमान बनेको छ । मंगलबार छापावल सुनको प्रतितोला मूल्य ८२ हजार सात सय र तेजावी सुनको मूल्य ८२ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने अघिल्लो कारोवार दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम छ । फागुन २३ गते तोलामा एकै पटक १८ सयले बढेको सुनको मूल्य केही दिन स्थीर जस्तो देखिएको थियो । बिहेको लगन पनि सकिनै लागेको र चुलिँदो मूल्यले गर्दा सुन किन्ने ग्राहक संख्य अत्यन्तै न्यून रहेको व्यवसायीहरुले बताएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij