काठमाडौं – पत्रकार वीरेन्द्र साहका हत्यारा पक्राउ परेका छन् । तत्कालीन माओवादीमा संलग्न कुन्दन भन्ने नरेन्द्र चौधरीलाई आइतबार बिहानै निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई निवासबाटै बिहान २ बजे पक्राउ गरिएको थियो । पक्राउ गर्ने क्रममा अवरोध सिर्जना भएपछि ४ राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।
प्रहरीले बारागढीस्थित निवासमा सुतिरहेको अवस्थामा १२ फौजदारलाई पक्राउ गरेको थियो । फौजदारलाई नियन्त्रणमा लिनुअघि घरलाई प्रहरीले घेरा हाल्दा स्थानीयले उनलाई भगाउन प्रयास गरेका थिए ।
एभिन्युज टेलिभिजनमा कार्यरत साहको २०६४ असोज १८ मा हत्या भएको थियो । बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले निरन्तरको प्रयासपछि फौजदारलाई पक्राउ गर्न सफल भएको बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij