२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोरोनाबाट बच्न यसो गर्नुहोस

कोरोनाबाट बच्न यसो गर्नुहोस

1.1K
Shares

काठमाडौं – विश्वमा माहामारीका रूपमा देखिएको कोरोना भाइसको संक्रमण भइसकेपछि मानिसको मृत्यु हुन्छ भन्नु भ्रम रहेको चिकित्सकहरू बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोला कारोना भाइरस (कोभिड १९) को संक्रमणपछि ८० प्रतिशत सामान्य रुघाखोकीको जस्तो लक्षण देखिन्छ तर यो लक्षण देखिँदैमा मृत्यु नै हुने होइन सचेत भने हुनुपर्ने बताउँछन् ।

“यसको संक्रमण भएमा मृत्यु हुने दर करिब १ प्रतिशत हुने गरेको देखिन्छ,” उनले भने, “६० वर्षमाथिका दीर्घरोगीमा (फोक्सो र मधुमेहका बिरामीमा) कोरोना संक्रमण भएमा मृत्यु हुनेदर बढी हुन्छ ।” उनले साबुन पानीले बेला–बेला राम्रोसँग हात धुनु नै यसको पहिलो उपाय हो । तर, कम्तीमा २० सेकेन्ड जति हात राम्रोसँग धुने, बाहिरबाट घरआएपछि राम्रोसँग साबुन पानीले हात धुने र छालाबाट नसर्ने भए पनि भित्री शरीरसँग सम्बन्ध राख्ने अंगहरू जस्तै : नाक, मुख र आँखा छुनु परेमा हात धोएर मात्रै छुन सुझाए ।

चिकित्सकहरूका अनुसार ज्वरो रुघाखोकी आएमा नआतिने पारासिटामोल खाने, मनतातो झोलिलो खानेकुरा खाइरहने, आराम गर्ने आदि गर्दा पनि समस्या निको भएन भने तुरुन्त चिकित्सकको जानुपर्छ ।

नेपालमा हालसम्म एक जना चीनबाट आएका नेपालीबाहेक अन्यमा कोरोनाको संक्रमण देखिएको छैन । उक्त एक व्यक्ति समेत ठिक भएर अस्पतालबाट डिस्र्चाज भइसकेका छन् भने अन्य कोरोना भाइरस (कोभिड १९) आशंकामा जाँच गरिएकाहरूमा पनि कोरोना नभेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक सय जनालाई संक्रमण हुँदा २ देखि ३ जनाको मात्र मृत्यु हुने अनुमान छ ।

लक्षण देखिँदा के गर्ने

यदि लगातार ज्वरो र खोकीको लक्षण देखिँदा आत्तिनु नहुने चिकित्सकहरू बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डा. अनुप बास्तोलाका अनुसार यो मौसमी रुघाखोकीको लक्षण हो । यदि प्रकोप फैलिएको देशबाट वा संक्रमितको सम्पर्कबाट आएको भएमा कुनै पनि अवस्थामा कार्यालय वा सार्वजनिक स्थानमा जानुहुँदैन ।

अस्पताल गएर जाँच गराएर परिवारभन्दा बेग्लै (होम क्वारेन्टाइन) मा बस्ने र आफ्ना सामान परिवारका अन्य सदस्यलाई नदिने र उनीको सामान पनि प्रयोग नगर्ने गर्नुपर्छ ।

कोरोना भाइरस (कोभिड १९) बाट बच्ने उपाय

२० सेकेन्डभन्दा बढी सम्पूर्ण औंलाहरूका कापमा साबुनपानीले मिचीमिची हात धुने ।
रूघाखोकी लागेका व्यक्ति, परिवार, साथीभाइ तथा समुदायबाट अलग्गिएर बस्ने ।
भीडभाडमा नजाने, सकेसम्म हात नमिलाउँने ।
सर्जिकल तथा एन ९५ मास्कको प्रयोग गर्ने ।
विभिन्न सतह छोएपछि जस्तैः टेम्पो, माइक्रो, बस चढेपछि तथा अन्य कुनै कार्य गरेपछि सेनिटाइजरले हात पुछ्ने ।
राम्रोसँग साबुनपानीले हात धोएर वा सेनेटाइजरले हात पुछेर मात्र हातले आँखा, नाक, मुख छुने ।

कोरोना संक्रमण रोक्नका लागि मास्कको निकै कम भूमिका छ । मास्क नपाए पनि डर मान्नु पर्दैन । मास्कभन्दा पन्जा लगाउँनु महत्त्वपूर्ण मानिन्छ । रूघाखोकी तथा ज्वरोका लक्षण देखिएमा, पारासिटामोल खाने, आराम गर्ने, झोलिलो खानेकुरा खाने गर्दा समेत निको भएन भने चिकित्सकसँग परार्मश लिने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij