२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चीनमा ५३,७२७ कोरोना संक्रमित उपचारपछि घर फर्किए

चीनमा ५३,७२७ कोरोना संक्रमित उपचारपछि घर फर्किए

505
Shares

बेइजिङ – सन् २०१९ को अन्तिमतिरबाट चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भारइस अर्थात् कोभिड-१९ बाट विश्वभर ३३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । हाल चीनमा (हङकङ र ताइवान) मा गरी ८० हजार ७१० कोरोना संक्रमित भएको चिनियाँ सञ्‍चारमाध्यम सीजीटीएनले जनाएको छ । चीनमा मात्र ३ हजार ३४ जनाको मृत्यु भएको छ ।

त्यसैगरी कोरोना संक्रमितहरु उपचारपछि निको हुने दर पनि बढेको छ । चीनमा कोरोना संक्रमितको उपचारपछि ५३ हजार ७२७ जना निको भएको जनाइएको छ ।

वुहानमा पहिलोपटक निमोनिया देखिएको थियो । निमोनिया देखिएपछि चिनियाँ एकजना चिकित्सकले नोभोल कोरोना भएको चेतावनी दिएका थिए । चीनमा पहिलो पटक कोरोना भाइरसको चेतावनी दिने चिकित्सकको यसअघि नै मृत्यु भइसकेको छ । हालसम्म चीनमा चारजना चिकित्सकको मृत्यु भएको छ ।

विश्वभरमा ८५ मुलुकमा फैलिएको कोरोनाबाट चीनबाहिर १७ हजारभन्दा बढी संक्रमित भएका छन् भने ३४० जनाजतिको चीनबाहिर मृत्यु भइसकेको छ । चीनबाहिर सबभन्दा धेरै इटालीमा १४८, इरानमा १०७ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा ४२ र जापानमा १२ जनाको मृत्यु भइसकेको छ ।

विश्‍वभरका वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सिन बनाउने दौडमा जुटिरहेका छन् । – सीजीटीएन

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij