काठमाडौं – नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाण पत्र राष्ट्रपति विद्या देवी भण्डारी समक्ष पेश गरेका छन् ।
उनी नेपालका लागि २५ औँ राजदूत हुन् । डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त भएका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij