काठमाडौं -नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाल बाल संगठनलाई आर्थिक सहयोग गरेको छ। आफ्नो वार्षिक उत्सवको अवसरमा बैंकले १ लाख ५० हजार रुपैंया रूपैयाँ सहयोग गरेको हो।
गत फागुनदेखि सञ्चालनमा आएको बैंले एक वर्ष पुरा गरेको छ। जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा बैंकले लगानी गरेको छ।
बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij