२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

होलीमा एनआइसी एशिया बैंकको शत प्रतिशत नगद फिर्ता अफर

होलीमा एनआइसी एशिया बैंकको शत प्रतिशत नगद फिर्ता अफर

1.4K
Shares

काठमाडौं – एन आइसी एशिया बैंकले होली पर्वको अवसरमा मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि विशेष योजना अघि सारेको छ। यस योजनाअन्तर्गत आउँदो सोमबार र मंगलबार कारोबार गर्दा २०० जाना ग्राहकले १०० प्रतिशत वा अधिकतम ५ हजारसम्म नगद फिर्ता प्राप्त गर्नसक्ने छन्।

प्रत्येक शुक्रबार बेलुकी ८ बजेदेखी शनिबार बिहान ८ बजेसम्म संचालित ह्याप्पी आवरमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी ५ प्रतिशत वा १०० रुपैयाँ सम्म क्यास ब्याक, पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा हजार रुपैयाँसम्म छुट पाइन्छ।

प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक, प्रत्येक बुधबार डराज डट कमबाट सामान खरिद गर्दा १० प्रतिशत वा ५ सयसम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा २ हजारसम्म छुट लगायतका अफरहरू बैंकले संचालन गरिरहेको छ।

यस बै‌कको मोबाइल बैंकिङ सेवाबाट रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ। यससँगै ग्राहकले मोबाइल बैंकिङ र डेबिट कार्ड प्रयोग गरी २ हजार रुपैयाँ भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम २५ प्रतिशतसम्म छुट पाउँछन्।

बैंकलेको ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत अधिकतम कारोबार गर्ने ३ ग्राहकले प्रत्येक हप्ता ५ सय तथा मासिक रुपमा अधिकतम कारोबार संख्या गर्ने ३ जना ग्राहकले हजारसम्मको नगद उपहार पाउँदै आएका छन्।

यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५२ एटिएम, १०७ वटा एक्स्टेन्सन काउन्टर एवं ५७ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा दिदैं आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij