काठमाडौँ — शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोराना संक्रमणको आशंकामा भर्ना भएका एक नेपाली भागेका छन् ।
कोरियाबाट आएर बुधबार उनी भर्ना भएका थिए। ती व्यक्ति अझै सम्पर्कमा नआएको र प्रहरीको सहयोगमा उनको खोजी भइरहेको अस्पतालले जानकारी दिएको छ।
अस्पतालमा बुधबार नै कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक भर्ना भएका थिए।
चारै जनामा कोरोनाको परीक्षण बिहीबार गराइने अस्पतालले जनाएको छ । कोरोनाको आशंकामा ३ नेपाली र एक फ्रेन्च अस्पताल भर्ना
तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्काइटिस जस्तो देखिएको थियो। बिहीबार थप एक जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ। हाल टेकुमा ४ जना शंकास्पद बिरामी भर्ना भएका छन्।
मंगलबार मात्र अस्पतालबाट कोरियाबाट आएका ३ नेपाली र चीनबाट आएका एक जना चिनियाँ नागरिकमा कोरोना परीक्षण पछि संक्रमण नदेखिँदा आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij