काठमाडौँ – कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट केही समयअघिमात्रै अवकाश पाएका निरौलालाई बैंकको अध्यक्षमा नियुक्त गरेका हुन् ।
निरौलाले राष्ट्र बैंकमा झण्डै तीन दशक सेवा गरेका सुपरिवेक्षण विभागको नेतृत्व तथा प्रवक्ताको समेत भूमिका निर्वाह गरेका थिए । निरौलाले बुधवार राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालसमक्ष शपथ लिएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij