२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

रतन तिरुवामाथि अभद्र मुद्दामा सात दिनको म्याद थप

रतन तिरुवामाथि अभद्र मुद्दामा सात दिनको म्याद थप

1.2K
Shares

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले जुम्लाका २१ वर्षीय रतन तिरुवामाथि अभद्र मुद्दामा सात दिनको म्याद थप गरेको छ ।
आइतबार राष्ट्रियसभा गृहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गरेपछि प्रहरीले तिरुवालाई नियन्त्रणमा लिएको थियो । यद्यपि, प्रचण्डलाई जुत्ता भने लागेको थिएन ।
तिरुवामाथि थप अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सात दिनको म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले पुष्टि गरे ।

प्रचण्डमाथि जुत्ता प्रहार प्रकरणको छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ ।
समितिमा एसएसपी थापाको नेतृत्वमा परिसरका डीएसपी होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर युवराज तिम्लिसिना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij