२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाँस्कोटाले विजय मिश्रविरुद्ध दायर गरे गाली बेइज्जती मुद्दा

बाँस्कोटाले विजय मिश्रविरुद्ध दायर गरे गाली बेइज्जती मुद्दा

865
Shares

 

काठमाडौं – पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विजय मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका छन् । काठमाडौं जिल्ला अदालतमा उनले शुक्रबार मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् ।

“मविरुद्ध लगाइएको झुटा लाञ्छना र गाली बेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु,” बाँस्कोटाले मुद्दा दर्ता गराएपछि आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
मिश्रले सेक्युरिटी प्रेस खरिद प्रकरणमा बाँस्कोटाको ७० करोड कमिसन मागेको अडियो सार्वजनिक गरेका थिए । सोही कारणले बाँस्कोटाले नैतिकताका आधारमा भन्दै राजीनामा दिएका थिए ।

https://www.facebook.com/gokulprasadbaskota/photos/a.1983456235314728/2549774965349516/?type=3&theater

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij