२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कोरोनाभाइरसबाट चीनमा मर्नेको सङ्ख्या २ हजार नाघ्यो

कोरोनाभाइरसबाट चीनमा मर्नेको सङ्ख्या २ हजार नाघ्यो

1.3K
Shares

चीन– चीनमा मङ्गलबारसम्ममा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ४ पुगेको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ ।
मंगलबार मात्रै थप १ सय ३६ जना संक्रमितको मृत्यु भएको छ । मङ्गलबार ज्यान गुमाउने मध्ये १ सय ३२ जना हुबेई प्रान्तका रहेका छन् । देशभर थप १ हजार ७ सय ४९ जना नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये १६ सय ९३ जना हुबेई प्रान्तका रहेका छन् । देशमा कोरोनाभाइरसबाट हालसम्म ७४ हजार १ सय ८५ जना संक्रमित भएका छन् ।
यता, हङकङमा दोस्रो कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । गत फेब्रुअरी १४ मा यस रोगको संक्रमण पुष्टि भएपछि प्रिन्सेस मार्गरेट अस्पताल भर्ना भएका ७० वर्षीय वृद्धिको मेत्यु भएको जानकारी दिइएको छ । योसँगै हङकङमा ६२ जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ भने दुई जनालाई ज्यान गुमाएका छन् ।
उता, दक्षिण कोरियामा पनि कोरोनाभाइरस संक्रमितको सङ्ख्यामा वृद्धि भएको छ । त्यहाँ थप १५ जना कोरोनाभाइरस संक्रमित फेला परेको जनाइएको छ । योसँगै कोरियामा कोरोनाभाइरस संक्रमितको सङ्ख्या ४६ पुगेको छ ।
यसबीच रुसले फेब्रुअरी २० देखि चिनियाँ नागरिकहरुलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाउने घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले कोभिड–१९ को संक्रमण नियन्त्रणबाहिर नरहे पनि अवस्था खतरनाक भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij