२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रौतहटमा प्रहरीले अभियुक्त समात्न चलायो गोली

रौतहटमा प्रहरीले अभियुक्त समात्न चलायो गोली

1.3K
Shares

रौतहट– रौतहटमा प्रहरीले गोली हानेर एक दर्जन भन्दा बढी मुद्दाका फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ।

कर्तव्य ज्यान, चोरी डकैतीलगायत मुद्दामा फरार रहेका रौतहट मौलापुर ८ सोनरनियाका अभय सिंह भन्ने कामेश्वर पटेल कुर्मीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मंगलबार राति बारा प्रहरीको सहयोगमा उनलाई चन्द्रपुर नगरपालिका(४ स्थित पूर्वपश्चिम राजमार्गबाट २०० मिटर दक्षिणतिर धन्सारबाट जंगलसहिया जाने क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीलाई देख्नासाथ उनले फायर खोल्न लागेपछि प्रहरीले ४ राउन्ड गोली हानेर हानेको थियो।
बाँया खुट्टामा दुई राउन्ड गोली लागेका उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ।
कुर्मीको साथबाट नलकटुवा पेस्तोल थान १ त्यसमा लाग्ने ५ राउन्ड गोलीसमेत बरामद भएको छ ।
पक्राउ परेका कुर्मी तराई जन्तानत्रीक मुक्ती मोर्चाका इन्चार्ज भई काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij