२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मोस्ट वान्टेड दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ

मोस्ट वान्टेड दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ

1.2K
Shares

काठमाडौं – नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी प्रहरीसँग विवाद गरेको अभियोगमा प्रहरीले उनलाई होटल सांग्रिला अगाडिबाट नियन्त्रणमा लिएको हो ।
काभ्रेको तेमाल गाउँपालिका–६, स्थायी घर भई बालुवाटार बस्दै आइरहेका तामाङ यसअघि असार १७ गते ठगी आरोपमा पक्राउ परेका थिए । त्यसअघि २०७५ असार २८ मा किसानको माला लुटेको आरोपमा उनी समातिएका थिए । तर, सांसद् नवीना लामाले उनलाई छुटाएकी थिइन् ।

प्रहरीका अनुसार, उनी ‘क’ वर्गका गुण्डा हुन् । गुण्डागर्दीको आडमा उनले लुटपाट, अवैध डलरलगायतको कारोबार गर्ने गरेको प्रहरी भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij