२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुवेतमा ढिस्कोले पुरिएर मृत्यु हुने ६ जनाकै सनाखत

कुवेतमा ढिस्कोले पुरिएर मृत्यु हुने ६ जनाकै सनाखत

890
Shares

कुवेत-कुवेतमा बालुवा र ग्राभेलको थुप्रोमुनि पुरिएर मृत्यु हुने सबै ६ नेपालीको पहिचान खुलेको छ। गत बुधबार साँझ ५ बजे कुवेतको अलमुत्ला क्षेत्रको ब्लक १ एन५मा ढल निर्माणमा व्यस्त कामदारहरूमाथि बालुवा र ग्राभेलको थुप्रो खस्दा छ नेपालीले ज्यान गुमाएका थिए।

यसअघि चार जना नेपालीको परिचय खुलेको थियो भने आइतबारसम्म सबैको परिचय खुलेको कुवेतका लागि नेपाली राजदूतावासले जनाएको छ।
मृतकमध्ये पाल्पाका एक बहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरीको यसअघि सनाखत भएको थियो।
मृत्यु हुने अन्य दुई नवलपरासीका पुर्णबहादुर सुनारी मगर र रोल्पाका राजु रोका मगरको आइतबार राजदूतावासले नाम सार्वजनिक गरेको हो।
ढिस्कोले पुरिँदा अन्य दुई नेपाली घाइते समेत भएका थिए।

घाइते धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डलको जाहारा अस्पतालमा उपचार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij