काठमाडौं – चालु आर्थिक वर्ष २०७६/७७ को छ महिनामा विदेशी मुद्रा विप्रेषण(रेमिट्यान्स) आयात शुन्य दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । आइतबार ६ महिनाको आर्थिक तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो देखाएको हो ।
छ महिनामा रेमिट्यान्स शुन्य दशमलव ९ प्रतिशतले वृद्धि भई कुल ४४७ अर्ब २६ करोड पुगेको बैंकले जनाएको छ । गत वर्ष सोही अवधीमा विप्रेषण आप्रवाह ३० दशमलव २ प्रतिशले बढेको थियो ।
समीक्षा अबधीमा अमेरिकी डलर विप्रेषण १ दशमलव ३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यस्तो आप्रवाह अघिल्लो वर्ष १७ दशमलव ६ प्रतिशत थियो ।
सो अबधीमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा समेत १७ दशमलव ७ प्रतिशतले वृद्धि आएको राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो वर्षको सोही अबधिमा ३७ दशमलव ३ प्रतिशतले घटेको थियो ।
मलेसिया लगाएतका नयाँ गन्तव्य मुलुकहरुमा रोजगारीको ढोका खुलेसँगै वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा वृद्धि आएको बैंकले जनाएको छ ।
यो अबधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या ० दशमलव ५ प्रतिशतले बढेको छ । गत वर्ष सोही अबधिमा यस्तो संख्या ४ दशमलव ५ प्रतिशत मात्र थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij