काठमाडौं – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमसिसी सम्झौता नेपालका लागि खतराको भएको बताएका छन् । ‘एमसिसी हाम्रो पक्षमा छैन, हामीले खुलेर विरोध गर्दै आएका छौँ, यसतर्फ सबै जनता सजग हुनुपर्छ’ उनले भने ।
यस्तै, मंगलबारदेखि सुरु भएको भक्तपुर नगरपालिकाको छैटौ नगर सभा उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले चीनमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणमा एक्यबद्धता जनाउनु पर्ने बताएका छन् । उनले चिनियाँ सरकार र जनताले कोरोना भाइरसविरुद्ध साहसीपूर्वक लडिरहेकाप्रति प्रशंसा गरे ।
मेयर सुनिल प्रजापतिले राजनीतिक दल, सरोकारवाला, जनप्रतिनिधि र नगरबासीलाई बोलाएर नगरपालिकाले अहिलेसम्म आफू सम्बद्ध नेपाल मजदुर किसान पार्टीको घोषणा पत्रबमोजिम नै कार्य गर्दै आइरहेको बताए । उनले नगरपालिकाले गरेका कार्यहरूको फेहरिस्त सुनाए ।
उनले भक्तपुर नगरपालिकाले अहिलेसम्म गरेका कार्यको समीक्षा र प्रशंसा गर्दै अब अझै सजग भएर भक्तपुरबासीको सेवा गर्न निर्देशन दिए । कार्यक्रममा विशेष अदालतका पूर्व मुख्य न्यायधीश गौरीबहादुर कार्की, उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरूलगायतले नगरपालिकाले गरेका गतिविधि र प्रभावका विषयमा टिप्पणी र सुझाव दिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij