२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सीआईपी अवार्डबाट २५ व्यवसायी सम्मानित

सीआईपी अवार्डबाट २५ व्यवसायी सम्मानित

1.3K
Shares

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका निर्यातकर्ता, लगानीकर्ता, रोजगारदातालाई व्यावसायिक व्यक्तित्व (सीआईपी) अवार्डबाट सम्मान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका हुन ।
सरकारले १३ विधामा २५ उद्योगी व्यवसायीलाई सम्मान गरिएको हो । सीआईपी सम्मान चार वर्षदेखि रोकिएको थियो । सीआईपी अवार्ड पाउने व्यक्तित्वहरूमा तेस्रो मुलुकतर्फ निकासी रकमको आधारमा धागोतर्फ रामचन्द्र संघई, ऊनी गलैंचातर्फ दोर्जे ग्याल्सेन लामा, तयारी पोसाकतर्फ राहुलमान शाक्य, पश्मिना सलतर्फ सूर्यकुमार गुरुङ र उनी फेल्ट उत्पादनतर्फ एभरेस्ट फेसनले धेरै निकाय गरेको आधारमा यो अवार्ड प्राप्त गरे ।
भारततर्फ रकमको आधारमा निकासीकर्तामध्येबाट डाबर नेपालका हरकिरत सिंह बेदी, दिव्यराज सापकोटा, युक्ति गोल्छाले यो अवार्ड पाए । यस्तै चीनतर्फ रकमको आधारमा निकासीकर्ता मध्येबाट पेम्बा दोर्जे शेर्पा, विश्वराज बस्नेत, मच्छिन्द्र पाण्डेले अवार्ड प्राप्त गरे ।
कृषिजन्यतर्फ सुजनकुमार श्रेष्ठ, निर्वाणकुमार चौधरी, निर्यात व्यापारतर्फ राजलक्ष्मी गोल्छा, सफ्टवेयर निर्यातमा दीपेश प्रधानले अवार्ड पाए । उद्योग स्थापना भई सञ्चालनमा रहेका सबैभन्दा बढी लगानी गर्ने ९स्वदेशी श्रम र सीप उपयोग गर्ने० उत्पादनमूलक उद्योगतर्फ लिऊ शु कुवाङले यो अवार्ड पाए । उनी होङ्शी सिमेन्टका प्रबन्ध निर्देशक हुन् ।

सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने उद्यागी व्यवसायीतर्फबाट पवनकुमार गोल्याणले र बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने कम्पनी(व्यवसायीबाट चन्द्रप्रसाद ढकालले यो अवार्ड पाए । ढकाल आइएमईका अध्यक्ष हुन् ।

यस्तै पर्यटन क्षेबाट सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल व्यवसायीबाट तारागाउँ रिजेन्सी ९ह्यात० होटलका कार्यकारी सञ्चालक सुरेशलाल श्रेष्ठ अवार्डबाट सम्मानित भए । युवा उद्यमीतर्फ महिलाबाट सुनीता शेर्पा र पुरुषबाट अक्षय गोल्याणले यो सम्मान पाए ।

निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योेगदान पु¥याएका संघका अध्यक्षहरूमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले आईसीपी अवार्ड प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij