२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तीनवटा ट्रक एकापसमा ठोक्किँदा ३ को मृत्यु, २ गम्भीर घाइते

तीनवटा ट्रक एकापसमा ठोक्किँदा ३ को मृत्यु, २ गम्भीर घाइते

835
Shares

बुटवल– रुपन्देहीमा भएको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
भैरहवा–भुमही सडक खण्डअन्र्तगत रुपन्देहीको रोहिणी गाँउपालिका–४ मा ३ वटा ट्रक एकापसमा ठोक्किँदा ३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । जसमा २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ । सडकमा कुहिरो लागेका कारण ती ट्रकहरु आपसमा ठोक्किएका थिए ।
भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीबाट भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र ना ५ ख ७८५६ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु नवलपरासीको पालीनन्दन गाउँपालिका अन्दाजी ३० बर्षिय लालु कुर्मि, सोही ठाउँमा अन्दाजी ३० बर्षका मोभीकन कुर्मी र सुनसरीको चतेराबस्ने अन्दाजी ३५ बर्षिय पुर्ण बहादुर भुजेल रहेका छन् । ट्रकमा १३ जना सवार थिए ।

घाइतेहरुलाई उपचारका लागि भैरहवामा रहेको भिम अस्पताल र युनिभर्सल मेडिकल कलेज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij