२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

शिक्षकको कुटाईबाट विद्यार्थीको हात भाँचियो

शिक्षकको कुटाईबाट विद्यार्थीको हात भाँचियो

1.3K
Shares

सिरहा – गृहकार्य नगरेको भन्दै सिरहाको मिर्चेया नगरपालिका ६ स्थित स्वस्तिक पाठशालामा अध्ययनरत बालकलाई शिक्षकले कुट्दा हात भाँचिएको छ ।

पाठशालाको छात्रावासमा रहेर अध्ययन गर्दै आएका सिरहा नगरपालिका वडा नम्बर २ का १३ बर्षीय बालक ऋतिक यादवको हात भाँचिएको हो ।
कक्षा ६ मा अध्ययन गर्दै आएका ऋतिकलाई नेपाली बिषयका शिक्षक तारा कार्कीले गृहकार्य नगरेको भन्दै आइतबार लट्ठीले कुट्दा उनको हात भाँचिएको बालकका बुवा बसन्त यादवले जानकारी दिएका छन् ।

ऋतिकको उपचार उनकै परिवारले गराएको छ । अहिले ऋतिक घरमा नै आराम गरिरहेको छ । ऋतिकका बुबा बसन्तले आफ्ना छोरालाई कुट्ने शिक्षकविरुद्व प्रहरीमा जाहेरी दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij