काठमाडौं – मोबाइलबाटै भन्सार पास गर्न सकिने मोबाइल एप सार्वजनिक भएको छ । ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त एप कार्यान्वयनको उद्घाटन गरेका हुन ।
नेपाल कष्टम क्लेरेन्स नामक उक्त एपबाट घरमै बसेर व्यावसायीले भन्सार पास गर्न सकिने विभागका माहनिर्देशक सुमन दाहालले जानकारी दिए ।
एप एन्ड्रयुईडको प्लेस्टोरमा उक्त उपलब्ध छ । यस्तै विभागले प्रत्यक्ष राजश्व संकलन ड्यासबोर्ड पनि कार्यनयनमा ल्याएको छ । ड्यास बोर्डबाट अब प्रत्येक्ष ठूला नाकाको राजश्व संकलनको जानकारी राजश्वको अनुमानि प्राप्त अधिकारीले हेर्न सकिने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij