२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

पोखरा विमानस्थलबाट गोलीसहित एक जना पक्राउ

पोखरा विमानस्थलबाट गोलीसहित एक जना पक्राउ

985
Shares

पोखरा – पोखरा विमानस्थलबाट राइफलमा प्रयोग हुने २९ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरिएको छ ।
यति एयरलाइन्सबाट काठमाडौँ जान लागेको पोखरा– २७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई आज बिहान उक्त गोलीसहित प्रहरीले पक्राउ गरिएको हो ।

शाहीले बोकेको झोला एक्स–रे मेसिनले जाँच गर्ने क्रममा २२ विओआर राइफलमा प्रयोग हुने गोली भेटिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

उनका अनुसार गोलीसहित निजलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij