२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चौधरी ग्रुपको पशुपति बिस्कुट उद्योगमा भीषण आगलागी

चौधरी ग्रुपको पशुपति बिस्कुट उद्योगमा भीषण आगलागी

1.4K
Shares

काठमाडौँ – सुनसरी दुहबीस्थित चौधरी गु्रपको पशुपति विस्कुट उद्योगमा भीषण आगलागी भएको छ। मंगलबार राति ८ बजे यता आगलागी भएको हो । आगो राति साढे १२ बजे नियन्त्रणमा आएको हो।
विभिन्न नगरपालिका र विराटनगर विमानस्थलबाट समेत गरेर १७ वटा दमकल आगो निभाउन खटिएका थिए। प्रहरीका अनुसार फ्याक्ट्रीको पछाडिपट्टीको भाग पूर्ण रूपमा ध्वस्त भएको छ।

आगो निभाउन उदयपुर, सप्तरी, दमक, विराटनगर, इटहरी, इनरूवाका दमकल आएका थिए।

मंगलबार फ्याक्ट्रीमा विदा भएका कारण मजदुर थिएनन्।
पशुपति विस्कुट फ्याक्ट्रीको व्यवस्थापन सम्हालिरहेका कृष्णकुमार अग्रवालले आगलागीमा करिब २५ करोडको क्षति भएको अनुमान गरे।
उनका अनुसार मुख्य फ्याक्ट्रीमा आगो फैलिन पाएन। प्याकेजिङको काम गर्ने मेसिन र्‍यापर, केमिकल, भवनहरू काम नलाग्ने गरी जलेर नष्ट भएका छन्।
आगो के कारणले लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij