२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रमण–पप्पु जेभी कालोसूचिमा

रमण–पप्पु जेभी कालोसूचिमा

1.3K
Shares

काठमाडौँ –  सार्वजनिक खरिद अनुगमन कार्यालयलले रमण–पप्पु जेभीलाई कालो सूचिमा  राखेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग हुलाकी सडक निर्देशनालयको सिफरिसको आधारमा उक्त जेभीलाई कालोसूचिमा राखिएको हो।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम १३ अनुसार अनुगमन कार्यलयको शुक्रबारको बैठकले उक्त निर्णय गरेको थियो।

कार्यलयले सोमबार सूचना जारी गर्दै एक वर्षसम्मको लागि कालोसूचिमा राखिएको उल्लेख गरेकाे छ।

कार्यलयकाअनुसार अब एक वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा उक्त जेभीले भाग लिन पाउने छैनन्। समयमै काम नसक्ने र सकिएको काम पनि गुणस्तरिय नभएको भन्दै उक्त जेभीको आलोचना हुँदै आइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij