काठमाडौं– भारतबाट आएको पेट्रोलियम पदार्थको पाइपलाइनमाथि डोजर चलेको छ। विरगञ्ज महानगरपालिका वडा १४ मा गण्डक चोक नजिकै वयोधा हस्पिटल अगाडि सडक विस्तारका क्रममा एक्साभेटर चलेको थियो।
पाइपलाइनमाथिबाट एक्साभेटर चलेपछि पाइपमा पनि सामन्य क्षति पुगेको र दुर्घटना नभएको नेपाल आयल निगमले जनाएको छ ।
सामान्य मर्मतका लागि मान्छे खटाइसकिएको निगमले जनाएको छ ।
पाइपलाइन वरिपरी आयल निगमको स्विकृति बिना सडकमा काम गर्ने ठेकेदारलाई नजान निर्देशन दिइएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए।
उक्त क्षेत्रमा जेभी कन्स्ट्रक्सन प्रालिको ना १ ख ७०२२ नम्बरको एक्साभेटर चलेको थियो
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij